इमरान खानलाई रिहा गर्न पाकिस्तानकाे सर्वाेच्च अदालतकाे आदेश

खबर बुक
  • ख-
  • ख+

पाकिस्तानकाे सर्वाेच्च अदालतले पूर्वप्रधानमन्त्री खानलाई रिहा गर्न आदेश दिएकाे छ । अदालतले पूर्वप्रधानमन्त्री खानलाई अवैध तरिकाले पक्राउ गरेकाे भन्दै उहाँलाई रिहा गर्न आदेश दिएकाे हाे ।

सर्वाेच्च अदालतले इमरान खानलाई इस्लामाबाद उच्च अदालतमा जान र उच्च अदालतल गरेकाे फैसला स्वीकार गर्नुपर्ने बताएकाे छ ।

भ्रष्टाचारसँग जाेडिएकाे एक मुद्दामा पूर्वप्रधानमन्त्री खानलाई अदालतले मङ्गलवार उहाँलाई अदालत परिसरबाट पक्राउ गरेकाे थियाे । खानका वकिलले अवैध तरिकाले पक्राउ गरेकाे भन्दै सर्वाेच्चमा निवेदन दिएका थिए ।

इमरान खान पक्राउ परेपछि पाकिस्तानमा विराेध प्रदर्शन र झडपकाे सिलसिला सुरु भएकाे थियाे । पाकिस्तानभर चर्किएको प्रदर्शनका क्रममा कम्तीमा १० जनाको ज्यान जानुका साथै दुई हजार जनाभन्दा धेरै मानिस पक्राउ परेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्