काठमाडौं, बैशाख २० । सत्तारूढ नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएको छ ।
भोली बिहीबार दिउँसो ५ बजे बस्ने गरी बोलाइएको बैठकमा सरकार विस्तार, सरकारको नीति तथा कार्यक्रम लगायत विषयमा छलफल हुने एक पदाधिकारीले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि सरकारी भेटघाट तथा बैठक बालुवाटार र सिंहदबारबाट गर्दै आएका थिए ।
बालुवाटारमै बस्नेगरी बोलाइएको यो पहिलो बैठक हो।











