नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले संविधानको कार्यान्वयनका लागि निर्वाचनबाट काँग्रेसले नै म्यान्डेट पाउने बताउनुभएको छ ।
लौहपुरूष गणेशमान सिंहको २५ ओसै स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उहाँले मौका पाउँदा संसद् विघटन गर्नेलाई नभई जनताले काँग्रेसलाई म्यान्डेट दिने बताउनुभयो ।
विधानको सफल कार्यान्वयनका लागि मङ्सिर ४ को निर्वाचनमा काँग्रेस नेतृत्वको गठबन्धनको जित आवश्यक रहेको सिंहको भनाई थियो ।
स्थानीय तहलाई बलियो बनाएर शिक्षा,स्वास्थ्य, रोजगारीको विषयमा जनतालाई अनुभूत हुनेगरी काम गर्नुपर्नेमा सिंहले जोड दिनुभयो ।
सत्ता गठबन्धनमा अहिले सिट बाँडफाँडका बारेमा छलफल भइरहेकाले छिटै निकास निस्कने पनि उहाको भनाई छ ।