पृथ्वी राजमार्गमा पुल भासिँदा गाडी आउजाउ बन्द

खबर बुक
  • ख-
  • ख+

धादिङ,१८ वैशाख ।  धादिङको धुनीबेसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलाको मोटरेबल पुल भासिँदा पुथ्वी राजमार्गमा गाडी आउजाउ बन्द भएकाे छ ।

आज  दिउँसाे वर्षा भएपछि पुल भासिँदा गाडी आउजाउ बन्द भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयाे ।
याे पुल नजिकै सडक आयाेजनाले नयाँ पुल निर्माणकाे काम थालेकाे थियाे । नयाँ पुल निर्माणका लागि पुल छेउमा केही समयदेखि खनिएकाे थियाे ।

राजमार्ग बन्द भएपछि साना गाडीलाई कच्ची सडक प्रयाेग गरी आउजाउ गराइएकाे प्रहरीले जनाएकाे छ । ठूला गाडी भने सडक मर्मत गरेरमात्र सञ्चालन गर्न सकिने भएकाले केही समय लाग्ने डीएसपी जैसवारले बताउनुभयाे ।

ट्राफिक प्रहरीले तत्कालका लागि सहजताअनुसार हेटाैँडा–काठमाण्डाै र काठमाण्डौ–नुवाकाेट–गल्छीकाे बाटाे प्रयाेग गर्न अनुराेध गरेकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्