समानुपातिक तर्फको उम्मेद्वार चयनको लागि ६ बुँदे मापदण्ड तयार

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १

नेकपा एकीकृत समाजवादीले समानुपातिक निर्वाचन पद्धति तर्फको उम्मेदवार चयनका लागि ६ बुँदे मापदण्ड बनाएको छ । महासचिव बेदुराम भुसालले आज एक विज्ञप्ति जारी गरी ६ बुँदे मापदण्ड सार्वजनिक गर्नुभएको हो ।

हाल समानुपातिक तर्फका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यलाई नदोहो¥याउने, स्थानीय तह निर्वाचनका उम्मेदवारलाई समानुपातिकको बन्दसूचीमा नराख्ने, विगतमा दुई पटक वा सो भन्दा बढी समानुपातिक सांसद वा राष्ट्रियसभा सदस्य भएकालाई बन्दसूचीमा नराख्ने एकीकृत समाजवादीको मापदण्ड छ । त्यस्तै विगतमा अवसर नपाएकालाई प्राथमिकता दिने, सम्बन्धित क्लस्टरको वरिष्ठ व्यक्तिलाई समानुपातिक बन्द सूचीमा प्राथमिकता दिने पनि एकीकृत समाजवादीले बताएको छ ।

महासचिव भुसालले समानुपातिक निर्वाचन पद्धतिको उम्मेदवार चयनका लागि कार्यक्षमता राम्रो भएको र सक्रिय, पार्टी निर्माणमा राम्रो योगदान गरेको, स्वच्छ छवि भएको, सुशासनको पक्षपातीलाई अवसर दिने र भौगोलिक सन्तुलन मिलाउने पनि बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्