कञ्चनपुरमा डुबेर एक महिलाको मृत्यु

न्युज कारखना
  • ख-
  • ख+

महेन्द्रनगर, १४ वैशाख । कञ्चनपुरको पुनर्बास नगरपालिकामा आज लमैया नाला तर्ने क्रममा एक महिलाको डुबेर मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका अनुसार घाँस काट्ने जाने क्रममा नाला तर्ने क्रममा पुनर्बास नगरपालिका–१०  कालिका मन्दिरका ३२ वर्षीया तारा विष्टको मृत्यु भएको हो ।

प्रहरीका अनुसार नालामा महिला डुबेको देखेपछि स्थानीय बालबालिकाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक महिलाको शव परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्‍याएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्