प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान सकेको छ ।
आज यसअघि लिएको बयानको लिखित रुपमा हस्ताक्षर गराउनुका साथै पूरक प्रश्नको जवाफ लिएपछि उहासँगको बयान सकिएको हो ।
अब आज नै ३ बजे सिफारिस समितिले अर्को बैठक बस्ने प्रतिवेदन तयार गर्ने ज्येष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिनुभयो । आज नै प्रतिनिधिसभाको कार्यकाल समाप्त हुँदैछ ।
त्यसैले आज नै सभामुखलाई प्रतिवेदन बुझाउने ज्येष्ठ सदस्य विष्टले बताउनुभयो ।











