अछामको तीन स्थानीय तहमा पहिरो जाँदा १२ जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

अछामको तीन स्थानीय तहमा पहिरो जाँदा १२ जनाको मृत्यु भएको छ ।

कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोले घर पुरिँदा हालसम्म १२ जनाको शव निकालिएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले जानकारी दिनुभयो ।

उहाका अनुसार कमलबजार– ८ मा पाँच जनाको शव निकालिएको छ भने कमलबजार ६ मा चार जनाको शव फेला परेको छ । यस्तै तुर्माखाँद ५ मा दुइ घर पुरिएका छन् । त्यहाँ दुई शव फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै ढकारी गाउँपालिका ६ मा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको रासेनीले बताउनुभयो । उहाका अनुसार तीनै पालिकामा पहिरोमा पुरिएर अझै ११ जना बेपत्ता भएका छन् । तुरमाखाँदमा ७, कमलबजारमा ३ र ढकारीमा एकजना बेपत्ता छन् ।

पहिरोमा परेर ११ जना घाइते भएका छन् । उनीहरुको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि पठाईने तयारी गरिएको प्रजिअ मरासेनीले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्