अटो दुर्घटना हुँदा दार्चुलामा तीन जना घाइते

न्युज कारखना
  • ख-
  • ख+

दार्चुला, ८ वैशाख । दार्चुलामा अटो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । गोकुलेश्वर–देथला–बिटुले–पारिबगर सडक खण्डको कर्कले नजिकको ओसपमा अटो दुर्घटना भएको हो ।

दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन् । शैल्यशिखर नगरपालिका–३ ओसपबाट गोकुलेश्वर आउँदै गरेको सुपप्र ०१००१ ह ५०३५ नम्बरको अटो विहिबार राति ओसप मोडमा दुर्घटना भएको थियो ।

घाइते हुनेमा शैल्यशिखर–३ का अटो चालक ३३ वर्षीय रिकेश गोयला, २२ वर्षीय महेन्द्रबहादुर चन्द र ३२ वर्षीय हरि गोयला छन् । चालल गोयलाको खुट्टामा गम्भीर चोट लागेको छ । उनलाई थप उपचारको लागि धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्