काठमाडौं, ८ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीका सचिवालय सदस्य मनहरी तिमिम्सिनाले संवैधानिक परिषद्को बैठक र प्रधानन्यायाधीश नियुक्तिका विषयमा सहमति जुटाउन छलफल भएको बताउनुभयाे ।
संवैधानिक परिषदको अर्को बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओलीसँग प्रधानन्यायाधीश नियुक्ति लगायतका विषयमा एक्लै छलफल गर्नुभएकाे हाे ।
प्रधानन्यायाधीश नियुक्तिका लागि बुधबार संवैधानिक परिषदको बैठक बसेको थियो। उक्त बैठकमा प्रधानन्याधीशको नाम सिफारिस गर्नेबारेमा अध्यक्ष ओलीले असहमति जनाउनुभएकाे थियाे।











