काठमाडौं, ६ चैत । प्रतिनिधि सभाकी सांसद उर्मिला माझीले निजी क्षेत्रकाे विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज गर्न सरकारसँग माग गर्नुभएको छ ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद माझीले यस्ताे माग गर्नुभएको हो । उहाँले वर्षैपिच्छे पाठ्यपुस्तक परिवर्तन गर्ने व्यवस्थाको अन्त्य गरी तीन वर्षमा मात्रै फेर्न मिल्ने गरी कानुनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।
शिक्षा नागरिकको मौलिक अधिकारको रूपमा संविधानमा उल्लेख गरिए पनि त्याेअनुसार निजी क्षेत्रको व्यवस्था गर्न सरकारले नसकेको भन्दै सांसद माझीले आपत्ति जनाउनुभयो ।
सांसद माझीले शिक्षामा सबैको सहज पहुँच हुने गरी आवश्यक व्यवस्था मिलाउन पनि सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो ।











