रवि लामिछानेका चालकलाई हेलिकप्टरबाट काठमाण्डाै ल्याइयाे

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ५ वैशाख ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापालाई थप उपचारका लागि काठमाण्डाै ल्याइएको छ ।

हिजो साेमवार बिहान घरको छतबाट खसेका थापालाई थप उपचारका लागि आज मङ्गलवार हेलिकप्टरबाट काठमाण्डाैकाे मेडिसिटी अस्पताल ल्याइएको हो । हिजो बिहान ४ बजेतिर भरतपुर महानगरपालिका–११ मा रहेको सभापति लामिछानेको घरको छतबाट खसेका थापालाई पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको थियो ।

भरतपुरका डाक्टरहरूकाे सल्लाहमा थापालाई काठमाण्डाै ल्याइएको लामिछानेले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्