बलात्कार आराेपमा एकजना पक्राउ

खबर बुक
  • ख-
  • ख+

तेह्रथुम, २९ चैत । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा छथर गाउँपालिका-६ सुदाप बस्ने ६२ वर्षीय गोपाल गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

गुरूङले ती महिलालाई ललाई फकाई गत भदौदेखि पटक पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट ओख्रेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्