महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज भारतसँग खेल्दै

खबर बुक
  • ख-
  • ख+

महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज भारतसँग खेल्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल र भारतबीचको खेल साँझ साढे ५ बजेबाट सुरु हुनेछ । समूह ‘बी’ मा रहेको नेपाल समूह चरणमा अपराजित रहेर अन्तिम चारमा पुगेको हो ।

यस्तै समूह ‘ए’ मा रहेको भारतले उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो । नेपाल र भारतबीचको विजेताले फाइनलमा बङ्गलादेश र भुटानबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

बङ्गलादेश र भुटानबीचको पहिलो सेमिफाइनल दिउँसो १ बजे दशरथ रङ्गशालामा हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्