नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको उपाधिको लागि आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् ।
खेल किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १ बजे सुरु हुनेछ । आर्मी, समूह चरणको उत्कृष्ट नतिजाका आधारमा फाईनल पुगेको हो ।
पुलिस भने हिजो भएको खेलमा एनआरएन स्पोर्टस एकेडेमीलाई १३ रनले पराजित गर्दै उपाधि नजिक पुगेको हो । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ ।
तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो ।











