केजरीवालको आम आदमी पार्टीलाई राष्ट्रिय दलको मान्यता

खबर बुक
  • ख-
  • ख+

नयाँदिल्ली, २८ चैत अरबिन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) ले राष्ट्रिय दलको मान्यता पाएको छ ।

भारतको निर्वाचन आयोगले आम आदमी पार्टीलाई राष्ट्रिय दलको मान्यता दिएको हो ।

आफु नेतृत्वको पार्टीले राष्ट्रिय दलको मान्यता पाएपछि नयादिल्लीका मुख्यमन्त्री केजरीवालले खुशी व्यक्त गर्दै बधाई साटासाट गरेका छन । ‘यति छोटो समयमा नै राष्ट्रिय पार्टी ? यो कुनै चमत्कारभन्दा कम छैन । सबैलाई धेरैधेरै बधाई,’ उनले ट्विटरमार्फत खुसी ब्यक्त गरेका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार गुजरातको चुनावपछि राष्ट्रिय दलको मान्यताका लागि दावी गरेको भएपनि निर्वाचन आयोगले सो बारेमा कुनै निर्णय नलिए पछि सो पार्टी अदालतको ढोकामा पुगेको थियो । कर्नाटक संयोजक पृथ्वी रेड्डीले कर्नाटक उच्च अदालतमा गरेको रिटमा सुनवाई गर्दै सो अदालतले उपयुक्त निर्णय लिन आयोगलाई निर्देशन दिएको थियो । सो निर्देशन पछि आम आदमी पार्टीले राष्ट्रिय दलको मान्यता पाएको जनाईएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्