सर्वोच्चले माग्यो रविले अमेरिकी राहदानी त्यागेको प्रमाण

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, चैत्र २२ । सर्वोच्च अदालतले रवि लामिछानेले अमेरिकी राहदानी त्याग गरेको प्रमाण माग गरेको छ ।

बुधबार न्यायाधीश हरि फुँयालको इजलासले रविले अमेरिकी राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय, काठमाडौं जहाँ भए पनि झिकाउन आदेश दिएको हो ।

रवि लामिछानेले अमेरिकी राहदानी त्याग नगर्दै नेपाली राहदानी लिएको र प्रयोग गरेको आरोप लागेको छ । उनले अमेरिकी नागरिकता र राहदानी कायम रहेको अवस्थामा खारेज भइसकेको नेपाली नागरिकता पेश गरेर नेपाली राहदानी लिएका थिए ।

सर्वोच्चले रविले अमेरिकी राहदानी त्याग गरेको प्रमाण नेपालको कुन कार्यालयमा पेश गरेका थिए भनेर माग गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्