कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

न्युज कारखना
  • ख-
  • ख+

धनगढी, १८ चैत । कञ्चनपुरबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको टोलीले शुक्लाफाँटा नगरपालिका-१० बस्ने १८ प्रबिन भन्ने ओम प्रकास ओली र वडा नम्बर ११ बस्ने १७ वर्षीय राजु बोहोरालाई शंकाका आधारमा जाँच गर्ने क्रममा लागूऔषधसहित पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट ० दशमलव ५४० ग्राम लागुऔषध खैरो हिरोईन बरामद गरिएको छ । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्