मन्त्रिपरिषद पुनर्गठनका विषयमा शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटार

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, चैत्र १६ । मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल गर्न शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । लामो समयदेखि मन्त्रिपरिषद् पुनर्गठनका परामर्श गर्दै आएका नेताहरु निर्णायक छलफल गर्न बालुवाटार पुगेका हुन् ।

बालुवाटार छलफलमा काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव, माओवादी नेता एवम् भौतिक मन्त्री नारायणकाजी श्रेष्ठ पुगेका छन् ।

यस्तै जनमत पार्टीका अध्यक्ष सिके राउत, लोसपाका नेता सरतसिंह भण्डारी,नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि बैठकमा सहभागी भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्