एमाले संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २९ फागुन । एमाले संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त हुनुभएकाे छ ।  अघिल्लो प्रतिनिधिसभाको कार्यकालमा पनि उहा एमाले संसदीय दलको उपनेता हुनुहुन्थियाे ।

संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मौजुदा प्रतिनिधिसभाको कार्यकालका लागि नेम्वाङलाई उपनेतामा नियुक्त गर्नुभएकाे हाे ।

आइतबार नेता ओलीले प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्त गर्नुभएकाे थियाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्