ओखलढुङ्गाको चिसङ्खुगढीमा जीप दुर्घटना हुदा, दुई जनाकाे मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ फागुन । ओखलढुङ्गाको चिसङ्खुगढीमा भिरबाट जीप पल्टिँदा दुई जनाको मृत्यु हुनुका साथै, ९ जना गम्भीर घाइते भएका छन् ।

चिसङ्खुगढी गाउँपालिका-३ चापाकोटबाट जिल्ला सदरमुकामका लागि छुटेको  ना १ ज ८४७३ नम्बरको जीप बिहान दियालेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । दुर्घटनामा मिनबहादुर श्रेष्ठ र भक्तबहादुर थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्