शहीद स्मारक ए डिभिजन लिगको डेब्यू खेलमै चर्च ब्वाइज युनाइटेडको विजयी सुरुवात

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन २० । नवप्रवेशी चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ए डिभिजन लिगको डेब्यू खेलमै विजयी सुरुवात गरेको छ ।

च्यासल मैदानमा पहिलो पटक शनिवार ए डिभिजनको लिगको खेल हुँदा चर्च ब्वाइजले ए डिभिजनमा डेब्यू जित निकाल्यो । तीन पटकको विजेता नेपाल पुलिस क्लब विरुद्ध एक गोलले पछि परेको स्थितीमा चर्च ब्वाइजले २-१ को पुनरागमन जित निकालेको हो ।

रवि पासवानले १४औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाए पनि कायम राख्न सकेन । चर्च ब्वाइजका लागि पहिलो हाफको इन्जुरी टाइममा आशिष चौधरीले बराबरी गोल फर्काए । त्यसपछि फ्रान्कलिन क्विटे टालाले ७०औं मिनेटमा विजयी गोल गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्