कैलालीमा स्कुल बसकाे ठक्करबाट एक वृद्धको मृत्यु

खबर बुक
  • ख-
  • ख+

कैलाली, फागुन  २० । कैलालीमा स्कुल बसले ठक्कर दिदा एक जना वृद्धको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका-६ को खैरानामा माउन्ट शैपाल स्कुलको से१क ४४१ नम्बरको बसले ठक्कर दिदा सोही ठाउँ बस्ने ६५ वर्षीया बाटुबट्टे आलेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका आलेमगरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ ।

यसैबीच, घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । दोषीलाई कारबाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै उनीहरुले राजमार्गमा अवरोध सिर्जना गरेपछि सवारीसाधन चल्न सकेका छैनन् ।

बस र चालक धनगढी उपमहानगरपालिका १३ बस्ने ३५ वर्षीय खुसीराम चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको जनाएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्