आफुलाई सहयोग गर्न राष्ट्रिय स्वतन्त्र पार्टीसंग रामचन्द्र पौडेलको आग्रह

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन १९ । आठ दलीय गठबन्धनबाट राष्ट्रपतिका उम्मेदवार बन्नुभएका रामचन्द्र पौडेलले आफुलाई सहयोग गर्न राष्ट्रिय स्वतन्त्र पार्टीसंग आग्रह गरेको छ ।

शुक्रबार स्वतन्त्र पार्टी कार्यालय पुगेर राष्ट्रपतिका उम्मेदवार पौडेल लगाएत कांग्रेस नेताले राष्ट्रपति निर्वाचनमा सहयोग गर्न आग्रह गरेका हुन् । कांग्रेस मुख्य सचेतक रमेश लेखकले राष्ट्रपतिको निर्वाचनमा पौडेलको पक्षमा मतदान गर्न आग्रह गरेको र सकारात्मक कुरा भएको जानकारी दिनुभयो । पार्टीको केन्द्रीय समितिको बैठक बसेर आवश्यक निर्णय गर्ने जवाफ पाएको र आफुहरु आशावादी रहेको उहाको भनाइ छ ।

त्यस्तै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले राष्ट्रपतिका उम्मेदवारलाई शुभकामना दिएको र केहि दिनमै पार्टीको बैठक बसेर आवश्यक निर्णय गर्ने बताएको जानकारी दिनुभयो ।

छलफलमा संविधानले कल्पना गरेको राष्ट्रपति र यसअघिको राष्ट्रपतिको बारेमा समिक्षा भएको पनि परियारले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्