नेकपा एसले राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने निर्णय

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, फागुन १७ । नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय तीनकुनेमा बुधबार बसेको समाजवादीको सचिवालय बैठकले आठ दलको तर्फबाट राष्ट्रपतिको साझा उम्मेदवार बनाइएका रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

उहाले सरकारमा जाने बिषयमा आफुहरु सकारात्मक रहेकाले सरकारमा जाने प्रक्रिया सुरु भएपछि छलफल अघि बढाउने बताउनुभयो । पार्टी भित्र सरकारमा गए कुन मन्त्रालय लिने भन्ने बिषयमा कुनै छलफल नै नभएको उहाको भनाइ छ ।

अहिलको अवस्थामा पार्टीले गरेका निर्णयहरु सहि नै भएको उहाले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्