कांग्रेस र एमालेले प्रतिपक्षी बेञ्चको दावी गरेपछि प्रतिनिधिसभाको बैठक स्थगीत

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, फागुन १७ । संसदमा कांग्रेस र एमालेले प्रतिपक्षी बेञ्चको दावी गरेपछि प्रतिनिधिसभाको बैठक लामो समयका लागि स्थगीत भएको छ ।

अहिलको अवस्थामा सरकारमा सहभागी नभएको कांग्रेस र हालै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिएको एमाले प्रतिपक्षीको बेञ्चमा बस्न खोजेपछि संसदको बैठक लामो समयका लागि स्थगीत गरिएको हो ।

बुधबार बस्ने भनिएको पूर्वनिर्धारित बैठक संसद सचिवालय सूचना टाँस गरि चैत्र ५ गते सम्मका लाथि स्थगीत गरेको छ । बिशेष कारणले संसद बैठक स्थगीत गर्नुपरेको सचिवालयको भनाई छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्