सालनाल सहितको शिशु मृत फेला

न्युज कारखाना
  • ख-
  • ख+

सुर्खेत,  १७ फागुन ।  सल्यानमा सालनाल सहितको नवजात शिशु मृत फेला परेको छ।

जिल्लाको कालीमाटी गाउँपालिका–४ डोढेरामा नवजात शिशु मृत फेला परेका हुन्।

मंगलबार साँझ शारदा नदी किनारमा सालनालसहितको शिशु तैरिरहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवलाई पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्