खानेपानीमन्त्री अब्दुल खानद्धारा खानेपानी संस्थानलाई राजनीतिको अखडा नवनाउन आग्रह

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १६ फागुन । खानेपानीमन्त्री अब्दुल खानले खानेपानी संस्थानलाई राजनीतिको अखडा नवनाउन आग्रह गर्नुभएको छ ।

नेपाल खानेपानी संस्थाको ३४ औं बार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाले कर्मचारीलाई उचालेर राजनीति गर्दा संस्थामा चूनौति आएको भन्दै संस्थानलाई राजनीतिको अखडा नवनाउन आग्रह गर्नुभएको हो । उहाले राजनीति गर्ने भए फिल्डमा आउन कर्मचारीलाई चूनौति दिनुभयो । उहाले अनावश्यक राजनीति गरे संस्थालाई युनियनमुक्त बनाइदिने चेतावनी दिनुभयो ।

अहिले व्यक्तिगत स्वार्थका लागि नभएर सहज रुपमा खानेपानी सेवा उपलव्ध गराउनका लागि केन्द्रीत हुनुपर्ने उहाले बताउनुभयो । कर्मचारीको सेवा सुविधाका लागि बिनियमावलीको फाइल अघि बढाउन निर्देशन दिएको र अघि बढेको भन्दै उहाले अर्थमन्त्रालय र मन्त्रीपरिषद्ले स्वीकृत नगरे आन्दोलन गर्न सुझाव दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्