कोरियाली राजदुतकाे ‘नाटु नाटु’ डान्स भिडियो भाइरल, मोदीले गरे प्रशंशा

खबर बुक
  • ख-
  • ख
  • ख+

नयाँ दिल्ली, १६ फागुन । भारतमा रहेको दक्षिण कोरियाली दूतावासले आफ्ना कर्मचारीहरूसहित हिट तेलुगु फिल्म आरआरआरको नातु नातु गीतमा नृत्य गरेको भिडियो यतिखेर भाइरल भएको छ ।

भिडियोमा राजदूत चाङ जे बोक र उनको टोलीले जोडी र ठूला समूहमा गीतका विभिन्न स्टेपहरू प्रस्तुत गरेको देख्न सकिन्छ।भिडियो साताको अन्त्यमा भाइरल भयो, अहिलेसम्म ४० लाख हेरिएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई ‘जीवित र मनमोहक’ टोलीको भन्दै प्रशंशा गरेको बिबिसीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्