राष्ट्रपति चुनावबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक जारी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ८ फागुन ।  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा राष्ट्रपति निर्वाचनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । २५ फागुनमा राष्ट्रपति निर्वाचन हुँदैछ । माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने धारणा राख्दै आएको छ ।

नेपाली कांग्रेसका कतिपय नेताहरुले राष्ट्रपतिमा आफ्ना उम्मेदवार निर्वाचित हुने बताउँदै आएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्