डोटीमा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

खबर बुक
  • ख-
  • ख+

डोटीमा एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । उच्च रक्तश्राव भएपछि जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर ३ घाङ्गलकी ३० वर्षीया विष्नादेवी रोकामगरको हेलिकप्टरबाट उद्धार सेनाले जनाएको छ ।

बिहीबार बेलुका मगरले सामुदायिक स्वास्थ्य इकाई मुलेचौरमा मृत शिशुलाई जन्म दिएकी थिइन् । उच्च रक्तश्राव भएपछि थप उपचारका लागि नेपाली सेनाको एन ए ०६१ कल साइनको हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको भैरव प्रसाद गण डोटीले जनाएको छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्