नागरिकता विधेयकलाई तत्काल अघि बढाउन सांसद यादवद्धारा सरकारको ध्यानाकर्षण

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन ३ । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले नागरिकता विधेयकलाई तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकको बिशेष समयमा सांसद यादवले यसअघि पटक पटक नागरिकता विधेयक रोक्ने प्रयास भएको भन्दै अव तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाले अव पनि नागरिकता विधेयकलाई रोक्न खोजे आफ्नो पार्टीले संघर्ष सुरु गर्ने बताउनुभयो । नागरिकताबिहीन हुदा जन्मसिद्ध नागरिकहरुले पिडा भोगिरहेको भन्दै आवाजविहीनको आवाज कसैले नसुनेको उहाले बताउनुभयो ।

त्यस्तै बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले लाल अयोगको प्रतिवेदन सार्वजनिक नगरे संसद चल्न नदिने चेतावनी दिनुभयो । सर्वोच्चले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न दिएको आदेश राज्यले नमानेको भन्दै सदनबाटै आफ्नो संघर्ष सुरु भएको उहाले बताउनुभयो ।
उहाले झुटा मुद्धा लगाएर थारुहरुलाई थुन्न नपाउने धारणा राख्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्