आन्दोलनका क्रममा मोबाइल पसलमा लुटपाट गर्ने ४ जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन २ । हिजो गोंगबुमा भएको यातायात व्यवसायीको आन्दोलनका क्रममा मोबाइल पसलमा भएको लुटपाटमा संलग्न रहेकामध्ये चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ल्होत्से मलस्थित मोबाइल पसलमा चोरी गर्दा गर्दै त्यहाँ कार्यरत सुरक्षा गार्डले उनीहरुलाई नियन्त्रणमा लिएका थिए । गार्डले बुझाएका चार जनालाई प्रहरी वृत्त, महाराजगञ्जले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

ट्राफिक प्रहरीले जरिवाना बढाएको र बसपार्कभित्र मात्रै पार्किङ गर्नुपर्ने प्रावधान राखेको विरोधमा भएको आन्दोलनले उग्र रुप लिँदा तोडफोड र आगजनी भएको थियो । प्रहरी वृत्त, बालाजुको दुई वटा गाडी पनि तोडफोड भएको थियो । घटनालाई लिएर बालाजुका डीएसपी रविन विष्ट उपत्यका प्रहरी कार्यालय, रानीपोखरी तानिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्