काठमाडौंका सवारी ठप्प, सरकार र यातयात व्यवसायी वार्तामा बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २ फागुन । सरकारले आन्दोलनरत मजदुर संगठनका नेतालाई बार्ता र संबादमा बोलाएको छ ।

बालाजु बसपार्क आसपासमा हिजो भएको तोडफोड आगजानीको घटना पछि आज सवारी सेवा ठप्प पारिरकेका आन्दोलनकर्तालाई सरकारले बार्तामा बोलाएको हो ।

यातायात विभागका महानिर्देशक तुल्सी गौतमका अनुसार आन्दोलनरत यातायात मजदुरलाई आज बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बार्तामा बोलाईएको छ । मजदुर संघको हडतालका कारण उपत्यकाका सवारी ठप्प भएका छन । अचानक भएको सबारी ठप्पका कारण हजारौं यात्रुहरु अलपत्र परेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्