बालाजु क्षेत्रमा यातायात मजदुरले गरेको आन्दोलन नियन्त्रण बाहिर

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १ फागुन । यातायात व्यवसायी र प्रहरीको झडपले काठमाण्डौको नयाँ बसपार्क क्षेत्र तनावग्रस्त बनेको छ ।  साथै,काठमाडौंको बालाजु क्षेत्रमा यातायात मजदुरले गरेको आन्दोलन नियन्त्रणबाहिर पुगेको छ ।
सोमबार दिउँसोदेखि सुरु भएको आन्दोलनमा भिड उत्तेजित हुँदै बसपार्क क्षेत्रमा रहेको ल्होत्से मलभित्रै प्रवेश गरेको छ ।
त्यहाँको मोवाइल पसलसहितका केही पसमा तोडफोड भएको छ । उत्तेजित भीडले माछापोखरीमा सडकमै प्रहरीको दुईवटा गाडीसमेत जलाएको छ ।
ट्राफिक नियम मिचेबापतको जरिबाना बढाएको र पाँच पटकसम्म गल्ती गर्दा लाइसेन्स नै खारेज हुने नयाँ नियमको विरोधमा यातायात मजदुरले आज सोमवार नयाँ बसपार्क, बालाजु, गोङ्गबु, माछापोखरी लगायतका ठाउँमा सडकमा गाडी तेर्साएर आन्दोलन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्