काठमाडौं, १ फागुन । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा दुई दिने औपचारिक भ्रमणमा काठमाडौं आइपुगेका छन् ।
तीन दिने नेपाल भ्रमणका लागि भारतीय बिदेश सचिव बिनय मोहन क्वात्रा आज नेपाल आएका हुन्र । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका बिदेश सचिव क्वात्राले आफनो दुई दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नेछन् । सोमबार र मंगलबार उनले प्रधानमन्त्री देखी राजनीतिक दलका शिर्ष नेताहरुलाई भेटने कार्यक्रम तय भएको छ ।











