परराष्ट्रमन्त्री पौड्याल र नर्वेजियन राजदूत तोरुन ड्रमडालविच भेटवार्ता

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ,माघ २९ । परराष्ट्रमन्त्री डा।विमला राई पौड्यालसँग नेपालका लागि नर्वेजियन राजदूत तोरुन ड्रमडालले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आज मन्त्रालयमा भएको भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको थियो ।

यस अवसरमा शिक्षा, स्वास्थ्य, लैंगिक सहभागितालगायतका क्षेत्रमा नेपाललाई गर्दै आएको सहयोगका लागि परराष्ट्रमन्त्री पौड्यालले नर्वेजियन सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो ।

भेटवार्तामा राजदूत ड्रमडालले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई विस्तार गर्दै विकासका विविध पक्षमा सहयोग बढाउने प्रतिवद्धता जनाउनुभएको थियो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्