ज्यालादारी नियुत्तीपत्र उपलव्ध गराउनुपर्ने भन्दै प्राधिकरणकाे केन्द्रीय कार्यालयमा धर्ना

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २९ माघ । नेपाल विद्युत प्राधिकरण अन्तर्गत गोटा गन्तिमा काम गर्दै आएका मिटररिडर मजदूरहरुले ज्यालादारी नियुत्तीपत्र उपलव्ध गराउनुपर्ने भन्दै केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् ।

समान श्रममा आधारित ज्याला पद्धतीको विकास गर्नुपर्ने र ज्यालादारी नियुक्ती पत्र उपलव्ध गराउनुपर्ने भन्दै गोटागन्ती मिटर रिडर संघर्ष समितिले काठमाडौको रत्नपार्कस्थीत केन्द्रीय कार्यालयमा धर्ना दिएाक हुन् । प्राधिकरणले गोटा गन्तिका मजदुरहरुलाई ज्यालादारीमा कायम नगरेको र प्राधिकरणको सेवा सुविधाबाट बञ्चित गरेको उनिहरुको आरोप छ । उनिहरुले लामो समयदेखिनै मिटररिडरको काम गर्दै आएको भए पनि कुनै सेवा नपाएको गुनासो गरेका छन् ।

उनीहरुले गोटा नियुक्ती र वर्खास्त प्रक्रिया बन्द गर्नुपर्ने, सार्वजनिक विदा बाहेक बर्षमा १२ दिनसम्म भइपरि आउने विदा र ६० दिन सुत्केरी विदा दिनुपर्ने मागपनि राखेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्