अर्घाखाँचीमा ट्याक्टर दुर्घटना, एककाे मृत्यु दुईजना घाईते

न्युज कारखना
  • ख-
  • ख+

अर्घाखाँची  २८, माघ । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा  एक जनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् ।

पाणिनि गाउँपालिका वडा नं ८ पालीमा आज बिहान लु २ त ९२७१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय १८ वर्षिय हुमबहादुर कुमालको ज्यान गएको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

दुर्घटनामा २२ वर्षका चालक चामबहादुर कुमाल र  ३९ वर्षका शंकरबहादुर कुमाल घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेलाइ उपचारको लागि पाल्पा पठाइएको छ ।

प्रहरीका अनुसार टयाक्टरको ब्रेक फेल भइ बाटोबाट अन्दाजी एक सय ५० मिटर तल प्रहरीले जनाएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्