भ्रष्टचार बिरुद्ध सरकार निर्मम हुने प्रधानमन्त्रीको प्रतिबद्धता

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टचार बिरुद्ध सरकार निर्मम तरिकाले लाग्ने जनाएका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं बार्षिकोत्सबलाई सम्वोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेवाग्राही बिचको प्रत्यक्ष सम्पर्कलाई घटाई सेवा प्रवाहमा हुन सक्ने ढिलासुस्ती, हैरानी तथा अनुचित लेनदेनलाई न्यूनीकरण गर्न कार्ययोजना बनाई कामको थालनी भईसकेको जनाएको छन ।

शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई जस्ता आधारभूत सेवादेखि राष्ट्रिय परिचयपत्र, नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र, लगायत प्रशासनिक सेवामा सरलता, शिघ्रता, सुलभता र पारदर्शिता कायम गर्न सरकार निकै संवेदनशील भई लागि परेको  उल्लेख गर्दै‘, सेवा प्रवाह गर्ने सार्वजनिक निकायहरुमा सदाचारिता अभिवृद्धि गर्ने बताउनुभयाे ।

 

 

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्