नेविसंघका दुई समूहबीच झडप

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २३ माघ । नयाँ बानेश्वरस्थित नेपाल कमर्श क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ‍)का दुई समूहबीच झडप भएकाे छ।

नेपाली कांग्रसकाे भातृसंगठन नेविसंघका संस्थापन र इतर पक्षका दुई‍ समूहबीच झडप भएकाे प्रहरी परिसर काठमाडौँका एसपी दिनेश मैनालीले जानकारी दिए।

त्यहाँ अध्ययनरत एक विद्यार्थी नेताका अनुसार शेखर-गगन पक्षका विद्यार्थीले कमर्श क्याम्पसमा राखेका  भेलामा संस्थापन पक्षले आक्रमण गरेपछि झडपको स्थिति आएको हाे।

प्रहरीका अनुसार यतिबेला साे क्षेत्रमा बाक्लाे संख्यामा प्रहरी परिचालन गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्