आगलागीबाट मुस्ताङमा एक घर जल्यो

खबर बुक
  • ख-
  • ख+

जोमसोम, २२ माघ।मुस्ताङको थासाङ गाउँपालिका-३ लेते कालोपानीको एक घरमा आगलागी भएको छ । हिजो दिउँसो पौने ५ बजेको समय अचानक विद्युत सट हुँदा स्थानीय ढकबहादुर तुलाचनको दुई तले घरमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आगलागीबाट घर पूर्ण रूपमा क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकुमार तामाङले तुलाचनको ढुंगा र माटोले बनेको दुई तले घर पूर्ण रूपमा क्षति भएको बताए । आगलागीबाट मानवीय क्षति भएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्