काठमाडौं, माघ २२ । नेकपा एकीकृत समाजवादीले संसदमा शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।
आइतबार काठमाडौंमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले संसदमा शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्दै जनजिविका, राष्ट्रियताको मुद्दालाई स्थापीत गर्ने निर्णय गरेको हो । बैठकपछि समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले सरकार पार्टीको प्राथमिकताको बिषय नभएको र संसदमा प्रतिपक्षी भएर बस्ने, शसक्त ढंगले जनताको आवाज उठाउने निर्णय भएको बताउनुभयो ।
राष्ट्रपतिको बिषयमा बिपक्षी दलहरु उभिएको ठाउँमा नै आफुहरु उभिने उहाले बताउनुभयो । बैठकले बृहत बामपन्थी एकताका लागि पार्टीले पहल गर्ने निर्णय गरेको छ तर अहिले एमालेसंग भने एकताको कुनै सम्भावना नरहेको खतिवडाले बताउनुभयो । बैठकले २०८० साल फाल्गुनभित्र पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने गरि तयारी सुरु गर्ने निर्णय गरेको प्रवक्ता खतिवडाले बताउनुभयो । संगठनलाई सुदृढिकरण गर्नका लागि बिभिन्न कमिटीहरुले आफ्नो अधिवेशन गठन÷पुर्नगठन गर्न कार्ययोजना दिइएको उहाले बताउनुभयो ।
प्रवक्ता खतिवडाले अवको चार बर्षपछि हुने स्थानीय तहको निर्वाचनमा नेकपा समाजवादीको पार्टी देशव्यापी रुपमा सवै वडाहरुमा कलम चिन्हका उम्मेदवार जाने संकल्प रहेको जानकारी दिनुभयो ।











