प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ २१। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सत्ता साझेदार दलका नेता केपी शर्मा ओली बालुवाटार पुग्नुभएकाे छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्डलाई भेट्न ओली शनिबार बिहान बालुवाटार जानुभएकाे हाे ।

समसमायकि राजनीतिक विषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिनेबारे छलफल गर्न ओली बालुवाटार पुगेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको अल्टिमेटमा शनिबार सकिँदै छ । गृह मन्त्रालय आफ्नो पार्टीलाई पुनः दिनका लागि प्रधानमन्त्री प्रचण्डले आनाकानी गरेपछि सरकारमा बस्ने या नबस्ने भन्नेबारेमा रास्वपाको बिहीबार बसेको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले दुई दिनसम्म प्रतिक्षा गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रास्वपाका सभापति रवि लामिछानको फोन वार्ता सकारात्मक भएपछि अन्ततः दुई दिन कुर्ने निर्णय गरिएको प्रवक्ता मुकुल ढकालले बैठकपछि जानकारी दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्