सवारी दुर्घटनामा परे घनश्याम भुसाल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २० माघ । पूर्वमन्त्री घनश्याम भुसाल सवारी दुर्घटनामा परेका छन् ।

उनको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

आफैंले चलाएको गाडी डिभाइडरमा ठोक्किएपछि घाइते भएका भुसालको सिभिल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ ।

नयाँ बानेश्वरको बेकरी क्याफे अगाडिको डिभाइडरमा भुसालले चलाएको बा १६ च १३८४ नम्बरको गाडी ठोक्किएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्