काठमाडौं, माघ १९ । अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई काठमाडौं ल्याइएको छ ।
बाँकेमा पक्राउ परेका उनलाई श्री एयरलाइन्सको विमानमार्फत काठमाडौं ल्याइएको हो । १३ वर्ष पुरानो आगजनीको घटनामा ६ महिना कैद सजाय सुनाइएका कैलाली–२ का सांसद अरुणकुमार चौधरीलाई काठमाडौंबाट धनगढी लगिने छ ।
कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो ।











