रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागिताका विषयमा निर्णय गर्नका लागि केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

बैठक केन्द्रीय कार्यालय बसुन्धारामा ३ बजेका लागि बोलाइएको हो ।

सभापति रवि लामिछानेले नागरिकता विवादमा सांसदसँगै मन्त्री पद गुमाएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामिछानेलाई पुनः उपप्रधान एवं गृहमन्त्रीमा नियुक्त गर्न अस्वीकार गरिरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्