राष्ट्रिय प्रजातन्त्र पार्टीलाई होच्याउने काम नगर्न जबराकाे आग्रह

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १८ माघ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर जबराले संसदमा आफूहरुलाई नहेप्न आग्रह गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफूहरुलाई फरक मत राख्ने भनेर हेप्ने र होच्याउने काम बन्द गर्न अनुरोध गरेका छन ।

“व्यवस्था नमान्ने भए जंगल जान्थिम, बन्दुक उठाउथियौं । यहीँ भित्र बसेर हामी व्यवस्था परिवर्तन गर्न आएका हौँ । हामीलाई हेप्ने र होच्याउने काम आइन्दा यो सदनबाट नहोस् ।” उनले भने ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्