आत्मदाह घटनाकाे उच्चस्तरीय न्यायिक छानबिन गर्न माग

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १८ माघ । देशभर आत्मदाह तथा आत्महत्याको घटना बढेको भन्दै उच्चस्तरीय न्यायिकको छानबिनको माग गरिएको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सांसद अमरेशकुमार सिंहले देशभर आत्मदाह र आत्महत्याको घटना बढेकाले यसको उच्चस्तरीय न्यायिक छानबिन गर्नुपर्ने माग गरेका हुन् ।

प्रेमप्रसाद आचार्यले जस्तै देशभर आत्मदाह र आत्महत्याको घटना बढेको भन्दै उनले किन जनता आत्मदाह र आत्महत्या गर्ने अवस्थामा पुगे भन्ने विषयमा उच्चस्तरीय न्यायिक छानबिन गर्र्नुपर्ने माग गरेका हुन् ।

अघिल्लो साताको मंगलबार संघीय संसद भवनअगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको भोलिपल्छ बुधबार उपचारका क्रममा निधन भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्