प्रधान सेनापति र यूएईका राजदूतबीच भेटवार्ता

न्युज कारखना
  • ख-
  • ख+

काठमाडौं, १७ माघ । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला बिन जरवन अल शस्मीबीच भेटवार्ता भएको छ ।

प्रधान सेनापति शर्माको कार्यकक्ष जंगी अड्डामा मंगलबार भएको भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्